images
images
  • पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै

    पोखरामा शनिबार साइक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरको आयोजनामा राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेको हो ।

    पोखरामा साइकल चढ्ने संस्कारको विकास गर्नका लागि साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको समेत समन्वयमा प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता ४५ किलोमिटर दुरीमा हुनेछ ।

    महिला र पुरुष गरी दुई विधामा प्रतियोगिता हुने महानगरको खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए । उनका अनुसार पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता र्‍यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ हुँदै कालीखोलाको पुलमा पुगेर टुंगिनेछ ।

    प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पाउनेछन् । पोखरा महानगरले नगर क्षेत्रमा छुट्टै साइकल लेनको समेत निर्माण गरेको छ । यद्यपि यसको उपयोग भने हुन सकेको छैन । अहिले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिएको र अर्को पटकदेखि अन्तर्राष्ट्रिय खेलाडीलाई समेत सहभागी गराउने गरी तयारी भइरहेको गोदारले बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images