images
images
  • आइसिसी विश्वकप लिग २: अमेरिकासँग नेपाल ३९ रनले पराजित

    काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदशीय सिरिज अन्तर्गत नेपाल अमेरिकासँग पराजित भएको छ ।

    अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछाएको नेपालले ४७.४ ओभरमा अल आउट हुदै २०६ रन मात्र बनाए पछि खेल ३९ रनले हारेको हो ।

    नेपालका लागि आरिफ सेखले सर्बाधिक ६३ रन बनाए भने सोमपाल कामीले ४७ रन बनाएका थिए । त्यस्तै देव खनालले ३४, आसिफ सेखले १८, रोहित पौडेलले १६ रन बनाएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाउदै २४५ रन बनाएको थियो ।

    यो हारपछि नेपालको १६ खेलमा १५ अंक रहेको छ र डिभिजन २ को अंकतालिकामा पाँचौ स्थानमा रहेको छ । त्यस्तै अमेरिकाको २४ खेलमा २३ अंक भएको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images