images
images
  • एमालेको अवरोधले लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

    प्रमुख प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

    लुम्बिनी प्रदेश सरकारले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी गरिरहँदा प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री विमला वलीको घटनाको विषयलाई लिएर अवरोध जनाएको हो ।

    बैठकको सुरुमै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वलीले महिला र बालिकामाथि गरेको दुर्व्यवहारको घटनामा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दै बैठक चल्न नदिने घोषणा गरे ।

    ढकालले दाङको तुलसीपुरस्थित मिना बस्नेतको घरमा पसेर राज्यमन्त्री वलीले बस्नेत तथा उनकी छोरीमाथि गरेको दुर्व्यवहारको घटनाले प्रदेशवासीको शिर निहुराएको भन्दै सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।

    राज्यमन्त्री वलीले मङ्गलबार तुलसीपुर निवासी बस्नेत र उनकी छोरीमाथि कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी परेको छ ।

    यसअघि आज बसेको एमाले संसदीय दलको बैठकले राज्यमन्त्री वलीले गरेको दुर्व्यवहारबारे प्रदेश सरकारको आधिकारिक धारणा नआउँदासम्म प्रदेशसभा बैठकमा अवरोध गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images