images
images
  • अमेरिकामा गर्मी: १० करोडलाई घरभित्रै बस्न सुझाव

    न्युयोर्क- मध्य तथा पूर्वी अमेरिकामा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेपछि सर्वसाधारणलाई स्वास्थ्य चेतावनी जारी गरिएको छ । केही साताअघि पश्चिममा बढेको तापक्रम अहिले पूर्वी क्षेत्रमा बढेको छ ।

    फिनिक्स, लस भेगास र डेनभरलगायतका सहरमा तापक्रमले यसअघिका रेकर्ड तोडेको छ । १० करोड अमेरिकीहरूलाई घरभित्रै बस्न भनिएको छ

    बुधबारसम्म देशको पूर्वी दुई तिहाइ भूभागमा तातो हावा चल्ने प्रक्षेपण गरिएको छ । तापक्रम सामान्यभन्दा १० देखि ३० डिग्रीसम्म पुग्ने पूर्वानुमान गरिएको छ । शिकागोको राष्ट्रिय मौसम सेवाले भनेको छ, ‘बाहिरको तीव्र गतिविधि र सूर्यको जोखिमलाई सीमित गर्नुहोस । ’

    यसैबीच, ६० माइल प्रतिघण्टाको तीव्र आँधीका कारण सोमबार राति सिकागोका हजारौं बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images