दिल्ली। भारतमा पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार ३ सय ६४ जना नयाँ कोरोनाभाइरस संंक्रमित थपिएका छन् भने संक्रमणका कारण ३ हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।
यस्तै भारतमा २ लाख ५९ हजार ४ सय ५९ जना संक्रमणमुक्त भएका भएका छन्
पछिल्लो साता भारतमा कोरोनासंक्रमण दर घट्दै गइरहेको छ भने मृत्यु हुने संख्यामा भने कमी आएको छैन ।
भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या २ करोड ७५ लाख भन्दा बढी रहेका छन् भने २ करोड ४८ लाख भन्दा बढी डिस्चार्ज भइसकेका छन् ।
भारतमा कुल ३ लाख १८ हजार ८ सय ९५ जनाले ज्यान गुमाइसकेका छन् भने २३ लाख ४३ हजार १ सय ५२ जना संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















