तनहुँको बन्दिपूर गाउँपालिकामा चितुवाको आक्रमणबाट फेरि एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा बन्दिपूर वडा नं १ का पाँच वर्षीय सुप्रिम थापा रहेको डीएसपी युवराज खडकाले जानकारी दिए ।
खेल्दै गरेको अवस्थामा एकाएक हराएका उनलाई प्रहरी र स्थानीयबासिन्दाले खोज्ने क्रममा खेल्दै गरेको ठाउँबाट २ सय मिटर माथि छपेली सामुदायिक वनमा मृत फेला पारेका हुन् । बालकको घाँटीमा चितुवाले नंग्रा गाढेको निशान देखियो ।
त्यसअघि शनिबार राति र आइतबार चितुवाको आक्रमणबाट बन्दीपूर–१ र ४ मा दुई जना घाइते भएका थिए । पछिल्ला केही दिन यता चितुवाको आक्रमण बढेको बन्दीपूर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताएका छन् ।
वि.सं.२०७४ फागुन यता चितुवाको आक्रमणबाट तनहुँमा ११ जना बालबालिकाले ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















