images
images
  • बुर्किना फासोमा ५६ सर्वसाधारणको हत्या

    बुर्किना फासो- बन्दुकधारीहरूले उत्तरी बुर्किना फासोमा सप्ताहन्तमा कम्तिमा ५६ जनाको हत्या गरेका छन् । पश्चिम अफ्रिकामा लामो सयमदेखि हिंसा मच्चाइरहेका मुस्लिम चरमपन्थीले सो हमला गरेको अधिकारीहरूले बताएका छन् ।

    संदिग्ध अतिवादीले सेनो प्रान्तको सेतेंगामा नागरिकहरूलाई निशाना बनाएको सरकारी प्रवक्ता वेन्डकौनी जोएल लियोनेल बिल्गोले एक पत्रकार सम्मेलनमा बताए । सरकारले आक्रमणमा ५५ जना मारिएको जनाएको छ ।

    विशेष गरी उत्तरी बुर्किना फासोमा अल–कायदा र इस्लामिक स्टेट समूहसँग जोडिएका आक्रमणहरू बढिरहेका छन् । सन् २०२१ को जुनमा सोल्हान सहरमा भएको आक्रमणमा जिहादीहरूले कम्तिमा १६० जना मारेका थिए ।

    जनवरीमा विद्रोही सिपाहीहरूले राष्ट्रलाई सुरक्षित गर्ने वाचा गर्दै लोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिलाई हटाएका छन् । तर, हिंसा झन बढेको छ । सरकारले विद्रोहीविरुद्धको लडाइमा एकताबद्ध हुन जनतालाई आग्रह गरेको छ । -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images