images
images
  • चुँदी खोलाले बगाएर तनहुँमा २ को मृत्यु

    तनहुँ । चुँदी खोलाले बगाएर भानुका दुई युवाको ज्यान गएको छ ।

    माछा मार्नका लागि भानु २ र ५ को संगमस्थल बांगेरहस्थित चुँदी खोला पुगेका भानु २ का २२ वर्षका सागर गुरुङ र ३५ वर्षका धनबहादुर गुरुङको ज्यान गएको तनहुँ प्रहरीका डिएसपी युवराज खडकाले जानकारी दिनुभयो।

    दिउँसो साढे ४ बजेतिर माछा मार्न गएका उनीहरु मृत भेटिएका खडकाले जानकारी दिनुभयो । उनीहरुको शव पोस्टमटको लागि दमौली अस्पतालमा लगिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images