images
images
  • व्यास नगरपालिकाले गरेको कर्मचारीको बढुवा लोक सेवा आयोगबाट बदर

    तनहुँको व्यास नगरपालिकाले गरेको कर्मचारीको बढुवा लोक सेवा आयोगले बदर गरेको छ ।

    गत साउनमा नगरपालिकाले १८ जना कर्मचारीलाई बढुवा गरेको थियो । त्यसका लागि नगरपालिकाले ३५ औं नगरसभाबाट स्थानीय तहमा कार्यरत कर्मचारीलाई बढुवा गर्ने गरी ऐन पास भएको थियो । तर कर्मचारीको सेवा, सर्त सम्बन्धी ऐन बनाउँदा परामर्श नलिई बढुवा गरेको भन्दै आयोगले बढुवा बदर गरेको पत्र पठाएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

    आयोगमा उजुरी प्राप्त भएपछि सम्बन्धित स्थानीय तहमा स्थलगत रुपमा निरीक्षण गर्दा आयोगको परामर्श बिना कर्मचारीको सेवा, सर्त सम्बन्धी ऐन जारी गरी बढुवा गर्ने गराउने काम कारबाही गरेको पाइएकाले सो ऐन अनुसार गरेका काम कारबाही प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ४३ अनुसार बदर गरिएको आयोगले जनाएको छ ।

    नगरपालिकाले वडासहितदेखि सातौं तहका अधिकृतहरु गरी १८ जनाको बढुवा गरेको थियो । तर आयोगको निर्णयसँगै उनीहरु पुन पहिलेकै पदमा घटुवा भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images