images
images
  • भक्तपुरमा एक पुरूषको हत्या

    काठमाडौं- भक्तपुरमा एक जना पुरूषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

    आइतबार बिहान मध्यपुर थिमी नगरपालिका-८ बोडैस्थित लर्डबुद्ध स्कुल अगाडिको निर्माणाधिन टहरामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन।

    उनका अनुसार शव रगताम्य अवस्थामा फेला परेको हो । प्रहरीलाई शव फेला परेको खबरपछि घटनास्थलमा टोली पुगेको थियो। मृतक मध्यपुर थिमी-८ बस्ने ५१ वर्षीय कल्याण साहु रहेका छन। उनको टाउकोमा चोट लागेको छ।

    उनको हत्या गरेको आरोपमा प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। प्रहरीको प्रारम्भीक अनुसन्धानबाट घटना राति नै भएको देखिन्छ। तर कतिबेला भएको हो भन्ने यकिन खुलिइसकेको छैन।

    प्रतिक्रिया दिनुहोस्
    images
    images