images
images
  • हेटौडामा ट्रकले लियो बाबु–छोरीको ज्यान, ट्रक चालक फरार

    मकवानपुर- मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ मा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक मकपानपुरको हेटौडा उपमहानगरपालिका–९ पशुपनिनगरका अन्दाजी ५५ बर्षीय ईश्वर कुमार तामाङ र पछाडी सवार उनकी २६ बर्षीया छोरी अमिना तामाङ रहेका छन् ।

    ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा हेटौडा अस्पतालमा बेलुकीनै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    भारतिय नम्बरको ग्यास लोड भएको बुलेट ट्रकले तामाङ बाबु–छोरी सवार ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे, ठक्कर दिएको थियो ।

    दुर्घटना लगतै फरार भएका बुलेट ट्रकका चालकको खोजी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images