images
images
  • पाकिस्तान तालिवानद्वारा अनिश्चितकालीन युद्धविराम घोषणा

    काठमाडौं- पाकिस्तानकाे तालिवान समूहले पाकिस्तान सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ।

    अफगानिस्तानको तालिवान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो।

    दी पाकिस्तानी तालिवान (टिटिपी)ले काबुलमा भएको वार्तामा पर्याप्त प्रगति भएको र अर्को सूचना नभएसम्मका लागि युद्धविराम लम्बिएको जनाएको छ।

    पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएको छ। टिटिपीले पाकिस्तानको सशस्त्र फौजसँग वर्षौँदेखि लडिरहेको छ।

    टिटिपीले अफगानिस्तानको सीमानामा रहेको पाकिस्तानी क्षेत्रहरूमा शरिया कानुनको कठोर ढंगले लागू गर्न चाहन्छ। पहाडी क्षेत्र लामो समयदेखि चरमपन्थी गतिविधिको केन्द्र बनेको छ।

    समूहले अफगान तालिबानसँग घनिष्ठ तर अस्पष्ट सम्बन्धको फाइदा लिएको बिबिसीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images