images
images
  • अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहारपछि ९ जनाको मृत्यु, धेरै घाइते


    क्यालिफोर्निया । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित यातायात कार्यालयका कर्मचारीले आफूसँगै काम गर्ने अन्य ८ जनाको ज्यान लिएका छन्।

    साथीहरुलाई गोली प्रहार गरेपछि उनी आफैले आफूलाई गोली हानेको क्यालिफोर्नियाको प्रशासनले जनाएको छ।

    बुधबार बिहान ६ बजे उक्त घटना भएको रोयटर्सले जनाएको छ।

    रेल स्टेशनमा भएको उक्त दुर्घटना स्थलमा विस्फोटक पदार्थ भेटिएको र त्यसलाई डिस्पोज गर्ने टोली उक्त रेल स्टेशनमा पठाइएको रोयटर्समा उल्लेख गरिएको छ। सान्टा क्लस भ्याली ट्रान्सपोर्टेसन अथोरिटीमा यो दुर्घटना भएको हो। दुर्घटनापछि रेल सेवा स्थगित गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images