काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको स्थापना दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरिने भएका छन् । यसै अवसरमा विभागिय कार्य समिति (पशुपंक्षी) ले पनि बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
पशुसेवा विभागको परिसर हरिहरभवनमा आयोजना हुने रक्तदान कार्यक्रममा कृषि मन्त्रालय मातहतका सबै विभाग र कार्यालयका कर्मचारीहरुको सहभागिता रहने विभागिय कार्यसमितिका अध्यक्ष प्रकाश मगरले जानकारी दिनुभयो ।
अध्यक्ष मगरका अनुसार रक्तदान कार्यक्रममा कृषि मन्त्रालयसहित विभिन्न कार्यालयका कर्मचारीहरुको सहभागिता रहनेछ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका केन्द्रीय कार्यवाहक अध्यक्ष भोला पोेखरेलको समेत उपस्थिति रहने रक्तदान कार्यक्रममा ट्रेड युनियनका नेताहरुको समेत सहभागिता रहने मगरले जानकारी दिनुभयो ।
विभागिय कार्य समिति (पशुपंक्षी) ले आधिकारिक ट्रेड युनियनको स्थापना दिवसको अवसरमा विगतदेखि नै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।


विश्व खबर 




















