images
images
  • मेयर बालेनको समर्थनमा सित्तैमा बर्गर बाँड्दै

    काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाह निर्वाचित भएको खुसियालीमा र उनको सहयोगको लागि भनेर चिकेन स्टेसनले मंगलबार निशुल्क बर्गर वितरण गर्ने भएको छ ।

    चिकेन स्टेसनको मुख्य शाखा झम्सिखेलबाट आज मंगलबार आउने हरेक ग्राहकलाई निशुल्क बर्गर उपलब्ध गराउने चिकेन स्टेसन सञ्चालक निकेश ताम्राकारले बताए ।

    ‘काठमाडौं महानगरपालिकाको प्रमुख जस्तो पदमा ३२ वर्षे युवा निर्वाचित हुनु ठूलो कुरा हो,’ ३४ वर्षे निकेशले भने, ‘हामी युवाले युवालाई काम गर्ने हौसला र सहयोग छ भनेर सन्देश दिन यो अफर ल्याएका हौं ।’

    मंगलबार बेलुका ६ बजेसम्म आउने सबै ग्राहकले चिकेन र भेज बर्गर निशुल्क पाउनेछन् । आज दिनभरीमा कम्तिमा ४ सयभन्दा धेरै बर्गर जाने अनुमान निकेशको छ ।

    ४ सय बर्गर निशुल्क दिँदा झन्डै ४० हजार रुपैयाँ लगानी पर्ने उनको अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images