images
images
  • अमेरिकी गुप्तचर निकाय अविश्वसनीय,चीनको नेतृत्वमा कोभिड-१९सम्बन्धी अनुसन्धान: चिनियाँ विदेशमन्त्री


    काठमाडौं । अमेरिकी गुप्तचर निकायको अध्ययन तथा त्यसका निष्कर्षहरु विश्वसनीय नहुने विगतको इतिहासले देखाउने चीनको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

    कोरोना भाइरसको उत्पति सम्बन्धमा पछिल्लो समय विवाद र आशंका बढेको छ ।

    अमेरिकी गुप्तचर निकायको सूचनामा चीनको वुहानमा कोरोना भाइरसको संक्रमण औपचारिक रुपमा पुष्टि हुनु भन्दा केही हप्ता पहिले नै वुहानको प्रयोगशालाका तीन कर्मचारीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको र अस्पतालको सहयोग लिनु परेको उल्लेख रहेको खबर हालै सार्वजनिक भएको थियो ।

    त्यसपछि कोरोना भाइरस वुहानको समुद्र खाद्य बजारबाट नभई प्रयोगशालाबाट मानिसमा सरेको भन्ने आशंकामा बल मिलेको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले गुप्तचर निकायहरुलाई आफ्नो क्षमता दोब्बर पारेर ९० दिन भित्र कोरोना भाइरसको उत्पतिबारे प्रतिवेदन पेश गर्न आदेश दिएका छन् ।

    यसै सन्दर्भमा चीनको विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले भनेका छन्, ‘अमेरिकाका पूर्व विदेश मन्त्री माइक पोम्पेओले नै सिआइएले ढाँटछल गर्छ भनेका थिए । त्यस्तो विश्वास गर्न अयोग्य निकायले गरेको अनुसन्धानमा अरुले किन विश्वास गर्ने ?’

    उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सहकार्यमा भाइरसको उत्पति सम्बन्धमा चीनको नेतृत्वमा अमेरिकामाथि तथ्यमा आधारित, पारदर्शी र बृहत अन्तर्राष्ट्रिय अध्ययन गरिनु पर्ने बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images