काठमाडौं- भारतले गहुँपछि चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। आगामी जुन १ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको हो।
घरेलु मागलाई सम्बोधन गर्न भन्दै यस्तो प्रतिबन्ध लगाएको भए पनि चिनी उत्पादनको सिजनमा भने एक करोड मेट्रिक टनसम्म चिनी निर्यात नरोकिने बताइएको छ।
सन् २०२१ अक्टोबरदेखि सन् २०२२ सेप्टेम्बरसम्म भने यो परिमाणमा निर्यात गर्न सकिने भारतीय सञ्चार माध्यमहरूमा उल्लेख छ।
भारतले चिनी निर्यातमा लगाएको रोकले नेपालमा केही प्रभाव पर्ने देखिन्छ। हाल नेपालमा औद्योगिक र उपभोग प्रयोजनको लागि वार्षिक करिब दुई लाख ५० हजार मेट्रिक टन चिनी खपत भइरहेको छ। यसमध्ये करिब एक लाख ३० हजार स्वदेशी उत्पादनले धानिरहेको छ। बाँकी विभिन्न मुलुकबाट आयात गरिन्छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















