images
images
  • उत्तर कोरियाले कोभिडका कारण थप ६ जनाको मृत्यु, २ लाख ६९ हजारमा ज्वरो

    उत्तर कोरिया-उत्तर कोरियाले कोभिडका कारण थप ६ जनाको मृत्यु भएको छ । राज्यको आपतकालीन महामारी रोकथाम मुख्यालयले थप २ लाख ६९ हजार ५१० जनामा ज्वरोको लक्षण देखिएको जनाएको छ । उनीहरू सबैलाई कोभिड भएको अनुमान गरिएको छ । हालम्म १४ लाख ८३ हजारमा यस्तो लक्षण देखिएको छ । सोमबार साँझसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ५६ थियो ।

    सेनाको मेडिकल समूहलाई राजधानी प्योङयाङमा औषधिको आपूर्ति सुधार गर्न पठाइएको जनाइएको छ । हाल प्योङयाङ महामारीको मुख्य केन्द्र बनेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले कोभिड नियन्त्रणका लागि तत्काल कदम चाल्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।

    समूहको उदेश्य राजधानी प्योङयाङमा व्याप्त जनस्वास्थ्य संकटलाई कम गर्ने रहेको बताएको छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images