images
images
  • मकवानपुरमा डोजर दुर्घटना हुँदा तीन जना चिनियाँ नागरिकको मृत्यु

    हेटौँडा । मकवानपुरमा डोजर दुर्घटना हुँदा तीन जना चिनियाँ नागरिकको मृत्यु भएको छ ।

    मकवानपुरको मकवानपुर गढी १ घट्टे पाखास्थित काठमाण्डौँ–तराई द्रुतमार्ग निर्माण स्थलमा माटो फाल्ने क्रममा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    मृतकको शव हेटौँडा अस्पताल ल्याइएको मकवानपुरका प्रहरी प्रमुख (एसपी) सुरेन्द्रबहादुर गुरुङले बताए ।

    दुर्घटनामा तीन जना घाइते भएको र उनीहरूको हेटौँडामा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images