images
images
  • भारतबाट फर्किएका युवाले बङ्गुरपालनबाट वार्षीक १५ लाख आम्दानी गर्दै

    देउखुरी ।आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्नुभएका घोराही–१७ का शालिकराम घर्तीमगर अहिले बङ्गुरपालनमा जमेका छन्।

    कोरोना सङ्क्रमणका कारण दुई वर्ष अघि भारतबाट उनी घर फर्किए । घर फर्किएपछि घर खर्च चलाउन उहाँलाई धौधौ पर्‍याे । अनी घोराही–१७ कर्जाहीमा घर्तीमगरले व्यावसायिकरुपमा बङ्गुुरपालन सुरु गरे । उनले २१ वर्षसम्म भारतमा होटलमा काम गरे । कोरोनाबाट सङ्क्रमित भएपछि घर्तीमगर घर फर्किन बाध्य भए । केही गर्नुपर्छ भन्ने मनसायले उहाँले घर छेउमा सानो खोर बनाए ।

    “दुईवटा बङ्गुरबाट व्यवसाय सुरु गरे”, उनले भने । कारोना कहर नघटेपछि घर्तीमगरलाई भारत जान सम्भव भएन । यही व्यवसायलाई विस्तार गर्ने सोचले उनले १५ कट्ठा जग्गा वार्षिक रु १० हजारका दरले भाडामा लिई व्यवसाय बढाए । रु दुई लाख ५० हजारको लगानीमा १२ पाठापाठी र ६ खोर थपेर व्यवसाय बढाएको घर्तीमगर बताउछन् । “अहिले सात माउ, २१ पाठापाठी र दुई भाले बङ्गुर पालेको छु”, उनले भने ।

    डिउरो र योर्कसायर जातका बङ्गुर उनले पालेका छन् । छोटो समयमा मनग्य आम्दनी गर्न सम्भव भएको घर्तीमगरको भनाइ छ । व्यावसायिक बङ्गुरपालनबाट पछिल्लो समयमा मनग्य आम्दानी हुन थालेपछि उनी उत्साहित भएका छन्। सस्तो र कम खर्चमा आम्दानी गर्न सकिने भएपछि उनले व्यावसायिकरुपमा बङ्गुुरपालन थालेका हुन् । घाँस र दाना खुवाएर घर्तीमगर बङ्गरपालनमा रमाएका छन्।

    एउटा माउले वर्षमा दुईपटक बच्चा दिन्छ र चार वर्षसम्म निरन्तर दिइरहन्छ । एक पटकमा १५ देखि १६ सम्म बच्चा दिन्छ । उनले १२ खोरमा फरक फरक उमेरका बङ्गुर पालेका छन् । “अब मासुका लागि छुट्टै खोर बनाउने सोचाइ बनाएको छु”, उहाँले भन्नुभयो,“फ्रेसहाउस आफँैले सञ्चालन गर्ने योजना छ ।” पैतालीस दिनको पाठापाठी रु पाँच हजारका दरले बिक्री हुने गरेको घर्तीमगरले बताए ।

    घोराही–६ स्थित शुभलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाबाट रु दुई लाख ५० हजार ऋण लिएर व्यावसाय सुरु गरेको उनले बिगत सुनाए । बङ्गुर बिक्री गरेको आम्दानीबाट अर्को वर्ष ऋण चुक्ता गर्ने सोचाइ उनको छ । मकै, गहुँबाट घरमै उत्पादन गरेको दाना र घोराही बजारका पाँच होटलबाट दानाको व्यवस्था गरेको र दाना दिएबापत होटललाई मासिक रु ३०० देखि रु एक हजार दिने गरेको घर्तीमगर बताउछन् ।

    दाङको हावापानी सुहाउँदो पाख्रीबास, लैडरस, डिउरो, योर्कसायर जातका बङ्गुुरलाई राम्रो मानिन्छ । यी बङ्गुरले छिटोछिटो बथानको सङ्ख्या बढाउने भएकाले छोटो समयमा राम्रो आम्दानी दिने भएकाले यसको व्यवसाय फस्टाएको हो । घोराही उपमहानगरपालिका पशु सेवा कार्यालय प्रमुख कृष्ण बस्नेतले घोराहीमा ११२ बङ्गुुर फार्म दर्ता भएको बताए। बङ्गुर पकेट क्षेत्र घोषणा गरेर किसानलाई प्रोत्सान दिने गरिएको छ । बङ्गुरपालक किसानले वर्षमा रु १२ लाखदेखि रु १५ लाखसम्म आम्दानी गर्दैआएका छन् । गत वर्ष नश्ल सुधार कार्यक्रमअन्तर्गत ललितपुरको खुमलटारबाट १० भाले बङ्गुर ल्याएर वितरण गरेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images