images
images
  • श्रीलंकामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

    काठमाडौं । सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा श्रीलंकामा एक जनाको मृत्यु भएको छ । ११ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीतर्फ पनि १० जना घाइते भएका छन् भने घाइतेहरु अस्पताल भर्ना गरिएको छ । श्रीलंकाको रांबुक्काना भन्ने शहरमा प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन गोली चलाएको हो। प्रहरी प्रवक्ता निहाल तल्डुवाले बीबीसीसँग भने अनुसार१५ घण्टासम्म प्रदर्शन गरिरहेकाहरुलाई हटाउन प्रहरीलाई गोली चलाउनु परेको थियो । घटनापछि शहरमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ ।

    श्रीलंकामा आर्थिक संकट उच्च भएपछि जनतामा आक्रोश बढेको छ । उनीहरुले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । मंगलबार रांबुक्काना, हिंगुराकगोडा, बड्डेगामा, डिगाना, गंपोला, रत्नापुर र तेल्देनिया लगायतका स्थानमा विरोध प्रदर्शन भएको जनाइएको छ ।

    ृृसरकार विरोधी प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको घटनामाथि अमेरिकाले भने निन्दा गरेको छ । श्रीलंकाका लागि अमेरिकी राजदूत जुली चुंगले प्रदर्शनकारी होउन् या प्रहरी उनीहरु विरुद्ध हुने कुनै पनि प्रकारको हिंसाको आफूले निन्दा गर्ने बताइन । उनले सबै पक्षलाई शान्ति कायम राख्न अपिल गर्दै घटनाको निष्पक्ष ढंगले अनुसन्धान आवश्यक रहेको उल्लेख गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images