images
images
  • भाजपा कसरी भारतीय महिलाको रोजाइको पार्टी बन्यो ?

    नयाँ दिल्ली- पुरुषको हरेक सफलताका पछाडि महिलाको हात हुन्छ । तर, हालै सम्पन्न विधान सभा निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) को सफलताको पछाडि लाखौँ महिलाको हात रहेको विश्वास गरिन्छ ।

    हालैका दुई अध्ययनअनुसार फेब्रुवरी–मार्चमा भएका चुनावमा भाजपाले जितेका राज्यहरुमा पुरुषभन्दा बढी महिलाहरूले मतदान गरेका थिए ।

    सन् १९६२ देखि धेरै महिलाहरूले सधैं राष्ट्रिय स्तरमा कांग्रेस पार्टीलाई मतदान गरेका थिए । तर, सन् २०१९ मा भाजपा पहिलो पटक सबैभन्दा धेरै महिलाको मत प्राप्त गर्ने पार्टी बन्न सफल भएको थियो ।

    अन्य राजनीतिक दलहरूजस्तै भाजपामा पनि मुश्किलले नारीको बाहुल्यता छ र ! धेरै महिलाहरूलाई मन नपर्ने विश्व दृष्टिकोण छ ।

    पार्टीका नेताहरू प्रायः आपत्तिजनक टिप्पणीका कारण समाचार बनेका छन् र बलात्कारका घटनाहरूको कमजोर व्यवस्थापनका कारण केही राज्य सरकारहरू समाचारका शीर्षक बनेका छन् ।

    सरकारले ल्याएको नागरिकतासम्बन्धी विवादास्पद कानूनको विरोधमा भएका प्रदर्शनको नेतृत्व पनि महिलाहरूले गरेका छन् । तर, यसकाबाबजुद धेरै महिलाले भाजपालाई मतदान गरेको तथ्यांकले देखाएको छ ।

    त्यसो भए भाजप कसरी भारतीय महिलाको रोजाइको पार्टी बन्यो ?

    ‘मोदीको कारण’, दिल्लीस्थित सेन्टर फर द स्टडी अफ डेभलपिङ सोसाइटी (सीएसडीएस) का दिल्लीस्थित थिंक ट्यांकका सञ्जय कुमारले भने, ‘पार्टी महिलाहरूका लागि आकर्षक भएको यो अचानक होइन । मोदी प्रमुख कारक हुन् ।’

    द न्यु बीजेपीका लेखक नलिन मेहताका अनुसार पार्टीले महिला ‘विङ’ गठन गरेपछि सन् १९८० मा भाजपाले महिलामा पहुँच बढाएको छ ।

    ‘भाजपामा त्यसबेला केही महत्वपूर्ण र शक्तिशाली महिला नेतृ थिए । पार्टीले महिलाका मुद्दामा महत्वपूर्ण वाचाहरू गरेको थियो । तर, धेरै महिलाहरूले दशकौंसम्म भाजपालाई भोट दिएनन् । पार्टीलाई धेरै हदसम्म पितृसत्तात्मक पुरुषहरूको प्रभुत्वको रूपमा हेरिएको थियो । ’

    उनका अनुसार सन् २०१९ मा राष्ट्रिय स्तरमा ठूलो परिवर्तन भएको थियो । पहिलो पटक मोदीप्रति महिलाको क्रेज बढेको थियो । एजेन्सी

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images