images
images
  • स्याङ्जामा जिप पल्टँदा पाँचको मृत्यु, ६ जना घाइते

    पोखरा- स्याङ्जामा आइतबार जिप पल्टिँदा पाँचजनाको मृत्यु भएको छ भने  ६ जना घाइते भएका छन्। वालिङ नगरपालिका-१२ डाँडाखर्कमा जीप पल्टिएको हो ।

    जीपमा एक बालकसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । जिप सडकबाट दुई सय मिटर तल खसेकाे थियाे ।

    जीपमा ११ जना सवार थिए । तीमध्ये थप दुईजनाको अवस्था गम्भीर छ । घाइते ६ जनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ ।

    मृत्यु हुनेमा वालिङ नगरपालिका १२ बस्ने ६५ वर्षीय बीर बहादुर दाला, ४५ वर्षीय हिरा दाला, २५ वर्षीय शर्मिला सारु, ६-७ महिनाको नाम नखुलेको बालक र वडा नं १४ का ६५ वर्षीय कुल कुमारी कनौजे रहेका छन् ।

    २५ वर्षीय शर्मिला सारु र ६-७ महिनाको बालक नाताले आमा छोरा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए ।

    त्यसैगरी जीप दुर्घटनामा परी घाइते हुनेमा वालिङ नगरपालिका १२ डाडाखर्क बस्ने ६० वर्षीय अंग बहादुर दाला, ५५ वर्षीय माया कुमारी सारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीय नविना सारु, १९ वर्षीय लक्ष्मी दाला र सवारी चालक ६० वर्षीय दल बहादुर थापा रहेको प्रहरीले बताएको छ ।

    वालिङ नगरपालिका १२ डाँडाखर्कबाट थुपपोखरा आउदैँ गरेको ग १ ज ७३९९ नम्बर जीप आज बिहान अन्दाजी १० बजे दुर्घटना भएको थियो ।

    घाइते सबैको अवस्था सिरियस रहेको र सबैको थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    डाडाखर्कबाट वालीङतर्फ आउँदै गरको ग १ ज ७३ ९९ नम्बरको जिप आज बिहान १० बजे अनियन्त्रित भइ पल्टिएको थियो ।जीप सडकदेखि अन्दाजी २०० मिटर तल खसेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images