images
images
  • नवाज शरीफ अर्को महिना पाकिस्तान फर्किन सक्ने

    इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ अर्को महिना ईदपछि लन्डनबाट स्वदेश फर्किने अनुमान गरिएको छ । उनी स्वदेश फर्किने तयारी गरेको पीएमएल–एनका एक वरिष्ठ नेताले भनेका छन् । पार्टी नेता मियाँ जावेद लतिफले शरीफको सम्भावित स्वदेश फिर्ताको विषयमा गठबन्धन साझेदारहरूसँग छलफल गरिने बताए ।

    २०१७ मा पनामा पेपर्स मामिलामा सर्वोच्च अदालतले पदमुक्त गरेपछि उनीविरुद्ध सरिफविरुद्ध भ्रष्टाचार मुद्दाहरू शुरू गरेको छ । लाहोर उच्च अदालतले उनलाई उपचारका लागि विदेश जान चार साताको अनुमति दिएपछि नोभेम्बर २०१९ मा सरिफ लन्डन गएका थिए।

    ईद वैशाखको पहिलो साता मनाइनेछ । -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images