images
images
  • धनगढीबाट काठमाडौं उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा अवतरण

    काठमाडौं- बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्किम अवतरण गरिएको छ । धनगढीबाट काठमाडौंका लागि उडेको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको हो ।

    नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो । विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ ।

    नेपालगञ्जमा यात्रुलाई आफन्तको जिम्मा लगाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images