images
images
  • नेपालका चिया उद्यमीलाई चिनियाँ कलेजको तालिम

    इलाम- नेपालमा चिया खेती र चिया उद्योग विकासको लागि चीनको कलेजले नेपाली चिया उद्योगीलाई तालिम दिएको छ । चीनको सिन्जाओ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले अनलाइनमार्फत तालिम गराएको हो ।

    १९ दिनसम्म चलेको तालिममा नेपालका विभिन्न जिल्लाका चिया उद्यमी सहभागी थिए । अनलाइनमार्फत तालिममा सहभागी उद्यमीलाई शनिवार ‘टी मास्टर’ को प्रमाणपत्र प्रदान गरिएको छ ।

    प्रमाणपत्र वितरण कार्यक्रममा सहभागीले चिनियाँ कलेजले दिएको तालिम चियाको विकासमा फलदायी हुने अपेक्षा गरे । कार्यक्रममा सूर्योदय टी एसोसिएसनका गोपाल कट्टेल, चिया तथा कफी विकास बोर्डका प्रेम विष्ट, इलाम सामुदायिक कृषि क्याम्पसका प्रमुख डा। योगेन्द्रमान श्रेष्ठ, इटालीबाट प्रोफेसर लिभियो जनेनी, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले शुभकामना मन्तव्य राखेका थिए । सिन्जाओ कलेजका प्रोफेसर डिन चाई सिवेन र अध्यक्ष लिको भिडियो म्यासेज स्क्रिनमा देखाइएको थियो ।

    विदेशी अतिथिले जुममार्फत कार्यक्रममा सहभागी भएका थिए । तालिम बिआरआई परियोजनाअन्तर्गत आयोजना भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images