images
images
  • चाइना इस्टर्न एयरलाइन्सको दुर्घटनाग्रस्त विमानका ४० हजारभन्दा बढी टुक्रा फेला

    बेइजिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त चाइना इस्टर्न एयरलाइन्सको विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा एक चिनियाँ अधिकारीले सो जानाकारी दिएका हुन् ।

    भग्नावशेषका अधिकांश टुक्राहरू थप परीक्षणका लागि राखिएको चीनको नागरिक उड्यन प्रशासनको उड्यन सुरक्षा कार्यालयका प्रमुख झु ताओलले बताए । विमानका भग्नावशेष एक करोड वर्गमिटर क्षेत्रसम्म खोजिएको थियो ।

    खोज तथा उद्धार कार्यमा २१६ दमकल र १६ वटा ड्रोनलगायतका उपकरण प्रयोग गरिएको थियो ।

    कुन्मिङबाट ग्वाङ्झाउका लागि उडेको बोइङ ७३७ विमान गुआङ्सीको टेङसिआन काउन्टीको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानमा सवार सबै १२३ जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images