images
images
  • रुस र युक्रेनका प्रतिनिधिबीच टर्कीमा वार्ता शुरू

    युक्रेन र रुसका वार्ता टोलीबीच टर्कीको राजधानी स्तानबुलमा भौतिक उपस्थितिमा वार्ता जारी छ। दुई हप्ताभन्दा लामो समयपछि दुई देशका वार्ता टोलीबीच भौतिक उपस्थितिमा वार्ता भइरहेको हो।

    यसअघिका वार्ता भिडियो कन्फ्रेन्समार्फत हुने गरेका थिए। रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ। युद्ध रोकेर शान्ति स्थापनाका लागि वार्ता विभिन्न चरणमा भए पनि हालसम्म ठोस सहमति जुट्न सकेको छैन।

    मंगलबारको वार्ताबाट पनि ‘ब्रेक थ्रु’को अपेक्षा गरिएको छैन। तर युद्धग्रस्त शहरमा अत्यावश्यक सेवा बिना फसेकाहरुलाई उद्धार गर्नका लागि मानवीय सहायता मार्ग खुला गर्न सकिनेमा आशावादी रहेको युक्रेनले जनाएको छ।

    वार्ताको आतिथ्य गरेका टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले यो वार्ताबाट शान्ति स्थापनाका लागि ठोस निष्कर्ष निकाल्नै पर्ने बताएका छन्। स्तानबुलमा वार्ता सुरु हुनुपूर्व उनले दुवै देशका टोलीलाई सम्बोधन गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images