images
images
  • निषेधाज्ञा थप


    कोभिड–१९ सङ्क्रमण थप फैलिन नदिन मकवानपुरमा यही जेठ १३ गतेसम्म कायम रहेको निषेधाज्ञाको समय अवधिलाई एक साताका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना नियन्त्रणका लागि जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १९ गते रातिदेखि लागू भएको निषेधज्ञाको समय दोस्रोपटक थपिएको हो । यस अगावै जेठ १३ गतेसम्म कायम रहेको निषेधाज्ञाको अवधि थप गरी जेठ २० गतेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images