images
images
  • विहारका मुख्यमन्त्री नितिश कुमारलाई मुक्का प्रहार !

    काठमाडौँ । बिहारका मुख्यमन्त्री नितिश कुमारलाई मुक्का प्रहार भएको छ । आइतबार पटना नजिकै स्वतन्त्रता सेनानीहरूलाई श्रद्धांजलि अर्पण गरिरहेका बेला मुख्यमन्त्री नितिशलाई एक युवाले अचानक आक्रमण गरेको भारतीय समाचार एजेन्सी एएनआइले उल्लेख गरेको छ ।

    यस आक्रमणमा मुख्यमन्त्री नितिशलाई कुनै चोटपटक नलागेको बताइएको छ । रिपोर्टका अनुसार नितिश कुमार क्षेत्रका स्वतन्त्रता सेनानीहरूलाई श्रद्धांजलि अर्पण गरिरहेका बेला उक्त घटना भएको हो ।

    घटनास्थलको सीसीटीभी फुटेजमा आक्रमणकारी २० देखि ३० वर्ष उमेर समूहका देखिन्छन् । ति युवा पछाडिबाट आएर नितिश कुमारलाई आक्रमण गरिरहेको देखिन्छ । उसले हात हाल्ने बित्तिकै सुरक्षाकर्मीले उसलाई समातेका थिए ।

    टी-सर्ट र ट्राउजर लगाएका आक्रमणकारीलाई सुरक्षाकर्मीहरूले तुरुन्तै नियन्त्रणमा लिएका थिए । पछि ती युवकलाई प्रहरीको जिम्मा लगाइएको थियो ।

    आक्रमणकारीलाई प्रहरी चौकी लगिएको छ । तर, उनको परिचय भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images