images
images
  • एल साल्भाडोरमा एकैदिन ६२ जनाको हत्या भएपछि संकटकाल घोषणा

    एल साल्भाडोरमा एकैदिन ६२ जनाको हत्या भएको छ। एकैदिन भएको उक्त हत्यापछि एल साल्भाडोरमा संकटकाल घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    यो हत्या शनिबार भएको एल साल्भाडोरको राष्ट्रिय जनपद प्रहरीले सामाजिक सञ्जालमार्फत पुष्टि गरेको छ। प्रहरीले भनेको छ, ‘शनिबार मार्च २६ मा देशमा ६२ जनाको हत्या भएको छ।’

    उक्त हत्यामा आपराधिक समूहहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ। साथै प्रहरीले हत्यामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने चेतावनीसमेत दिएको छ।

    ‘हामी आपराधिक गिरोहविरुद्धको युद्धबाट पछि हट्ने छैनौँ। यो घटनाका लागि जिम्मेवार अपराधिहरुलाई पक्राउ नगरेसम्म हामी आराम गर्ने छैनौँ,’ प्रहरीले भनेको छ।

    स्थानीय प्रहरीका अनुसार एल साल्भाडोरमा ‘एमएस–१३’ र ‘बार्रियो–१८’ गरी दुई वटा ‘ग्याङ’ छन्। उनीहरु हत्या, लागुऔषध कारोबारलगायतका आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images