images
images
  • युद्धले आधा युक्रेनी बालबालिका विस्थापित – युनिसेफ

    रुसले गरेको आक्रमणका कारण सबैभन्दा बढी युक्रेनी बालबालिका प्रभावित भएको र उनीहरुको अवस्था जाेखिमपूर्ण रहेको संयुक्त राष्ट्रसंघीय नियोग युनिसेफले जनाएको छ।

    युद्धका कारण युक्रेनका आधा बालबालिका आन्तरिक वा बाह्य रुपमा विस्थापित भएको युनिसेफका प्रवक्ताले बताएका छन्।

    पछिल्लोपटक रुसले युक्रेनको पश्चिमी सहर लभिभलाई निशाना बनाएर मिसाइल आक्रमण गरेको छ। यसले विशेष गरी बालबालिकासहित त्यहाँका मानिस थप त्रसित भएको युनिसेफका प्रवक्ता जेम्स एल्डरले बताएका छन्।

    युद्धका कारण भर्खरै सुत्केरी महिला तथा बालबालिकालाई मानिसक रुपमा विक्षिप्त बनाएको पनि उनले बताए।

    रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा लगातार आक्रमण गर्दै आएको छ। शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग युएनएचसीआरका अनुसार ३२ लाखभन्दा बढी युक्रेनीले देश छोडेका छन्।

    त्यसमा करिब आधा बालबालिका रहेका छन्। यस्तै अरु ६५ लाख मानिस आन्तरिक रुपमा विस्थापित भएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images