नान्निङ । चीनको इस्टर्न एयरलाइन्स विमान दुर्घटना भएको स्थलमा सामान्य अकार्बनिक वा जैविक विस्फोटकका कुनै अवयवहरू नभेटिएको शनिबार बताइएको छ ।
ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रको अग्नि नियन्त्रण ब्रिगेडका प्रमुख झेङ सिले सार्वजनिक सुरक्षा अधिकारीहरूको भौतिक र रसायन प्रयोगशालाले दुर्घटना स्थलबाट प्राप्त ६६ मध्ये ४१ वटा नमूनाको परीक्षण गरिसकेको छ ।
उनले भने- ‘त्यहाँ सामान्य अकार्बनिक विस्फोटक पदार्थको कुनै अवयवहरू फेला परेको छैन । परीक्षणगर्दा कुनै नियमित जैविक विष्फोटक पदार्थ पनि भेटिएको छैन ।’
विमानमा १३२ जना यात्रु सवार रहेका थिए । उनीहरु मध्ये कोहीपनि सकुशल भेटिएका छैनन् । दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटिएको छ भने यसलाई अहिले अध्ययन गरिरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















