images
images
  • बेलायतले युक्रेनलाई २ मिलियन पाउण्ड बराबरको अत्यावश्यक खाद्यान्न उपलब्ध गराउने

    बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्डको अत्यावश्यक खाद्यान्न सहयोग गर्न लागेको बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ। ‘बेलायतले रुसी सेनाले घेरिएको युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि अत्यावश्यक खाद्यान्न आपूर्तिका लागि दुई मिलियन उपलब्ध गराउने तयारी गरेको विदेशमन्त्री ट्रसले जनाएका छन्। मन्त्रालयका अनुसार हाल युक्रेनमा १२ मिलियन भन्दा बढी मानिसहरूलाई मानवीय सहायताको खाँचो देखिएको छ यो वास्तविक संख्या अझ बढी हुन सक्छ।

    ‘पोल्याण्ड र स्लोभाकियाका गोदामहरू अर्को हप्ताको शुरुदेखि युक्रेन सरकारलाई यी सामानहरू आपूर्ति गर्न तयार छन्। त्यसपछि लगभग २५ ट्रक लोडहरू सडक र रेलमार्फत स्थानीय युक्रेनी समुदायहरूमा ढुवानी गरिनेछ।’ विज्ञप्तिमा जनाइएको छ ।

    गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्कका टुक्रिएका गणतन्त्रहरूले युक्रेनी उत्तेजनाहरू विरुद्ध आफूलाई बचाउन मद्दतको लागि अपील गरेपछि रुसले युक्रेनमा सैन्य कारबाही शुरु गरेको हो । रुसको कारवाहीको जवाफमा पश्चिमी देशहरूले मस्को विरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images