images
images
  • योगी आदित्यनाथ आज पुनः उत्तर प्रदेशको मुख्यमन्त्री बन्दै

    लखनऊ । भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीका रुपमा योगी आदित्यले आज फेरि जिम्मेवारी सम्हाल्ने भएका छन् ।

    भारतीय जनता पार्टी (भाजपा)को प्रदेश संसदीय दलको नेतामा बिहीबार उनी निर्वाचित भएपछि उनी दोस्रो पटक मुख्यमन्त्री बन्ने सुनिश्चित भएको हो ।

    लखनऊमा भाजपाका विधायन सदस्यहरूलाई सम्वोधन गर्दै उनले उत्तर प्रदेशमा पहिलो पटक मुख्यमन्त्रीले पाँच बर्षे कार्यकाल पुरा गरेको चर्चा गर्दै त्यस्तो ऐतिहासिक पात्र आफु हुन पाएकोमा गौरव व्यक्त गरे । उनले पाँच बर्षे कार्यकाल सम्पन्न गरेर दोस्रो कार्यकालको जिम्मेवारी समेत पाउन लागेकाले थप खुशी बनाएको बताए ।

    ‘मैले र पार्टीले उत्तर प्रदेशमा पाँच बर्षे कार्यकाल सफलतापूर्वक पुरा गरी दोस्रो कार्यकालको पनि जिम्मेवारी पाउनुको मुख्य श्रेय हाम्रो नेतृत्व प्रधानमन्त्री मोदीलाई जान्छ ।’ उनले भने ।

    हालै भएको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टीले कुल ४०३ सिट मध्ये २५५ सिटमा जित हासिल गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images