images
images
  • सपिङ मलमा हमला हुँदा ४ जनाको मृत्यु

    इजरायलको सहर बेरसेवामा भएको हमलामा कम्तीमा चार जनाको मृत्यु भएको छ । हमलामा अन्य केही घाइते भएका छन् ।

    तीन जनाको सपिङ मलअगाडि चक्कु प्रहारमा मृत्यु भएको र चौथो व्यक्तिको आक्रमणकारीले चलाएको बसले किचेर ज्यान गएको हो । प्रहरीले सो घटनालाई शंकास्पद अतिवादी प्रकृतिको आक्रमण भनेको छ ।

    आक्रमणकारीलाई एक सर्वसाधारणले गोली हानेर मारिदिएको प्राप्त विवरणहरुमा जनाइएको छ । इजरायलको आन्तरिक सुरक्षा निकायले आक्रमणकारी अरबी मूलका इजरायली भएको जनाएको छ ।

    अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट ९आइएस०लाई समर्थन गरेको आरोपमा उनी जेल परेका थिए ।

    प्रहरीले आक्रमणकारीको नाम मुहम्मद गालेब अहमद अबु अल्किनी रहेको र बेरशेबाबाट झन्डै १२ माइल पूर्वमा रहेको हुराको बेइइन सहरको शिक्षक रहेको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images