images
images
  • रुसको अस्तित्वमाथि नै संकट आयो भने परमाणु हतियार: क्रेमलिन

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले जीवन मरणको स्थिति आएमा परमाणु हतियार प्रयोग हुनसक्ने बताएका छन् । एक अन्तर्वार्तामा उनले यदि रुसको अस्तित्व नै खतरामा पर्ने स्थिति आएमा रसियाले आणविक हतियार प्रयोग गर्ने बताएका हुन् ।

    ‘हामीसँग घरेलु सुरक्षाको अवधारणा छ र यो सार्वजनिक नै छ । तपाईँले आणविक हतियार प्रयोग गर्नुको सबै कारणहरू पढ्न सक्नुहुन्छ’, पेस्कोभले मंगलबार भनेका छन् ।

    यसअघि पुटिनले गत महिना रुसको आणविक सेनालाई उच्च सतर्कतामा राख्न आदेश दिएका थिए। क्रेमलिनको यो चेतावनीले परिस्थिति भयपूर्ण बनाएको सञ्चारमाध्यमहरुले लेखेका छन्।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत मार्च १४ मा आणविक द्वन्द्वको सम्भावना अकल्पनीय भएको बताउँदै अब भने सम्भावनाको दायरामा फर्किएको बताएका थिए।

    पेस्कोभले सीएनएनसँगको कुराकानीमा युक्रेनमा रसियाको युद्ध पहिले स्थापित योजना र उद्देश्यहरू अनुसार कडाइका साथ चलिरहेको बताए।
    संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले पुटिनले युक्रेनमा रासायनिक र जैविक हतियारहरू प्रयोग गर्ने बारे विचार गरिरहेको चेतावनी दिएपछि यस्ता टिप्पणीहरू आउन थालेका छन्।

    गत हप्ता रसियाले आफ्नो किन्जल (डागर) हाइपरसोनिक मिसाइल प्रक्षेपण गरेको बताएको थियो जसले पृथ्वीको जुनसुकै ठाउँमा एक घण्टा भित्रमा निशाना दिन सक्छ। रूसले पहिलो पटक २०१६ मा सिरियामा आफ्नो सैन्य अभियानको क्रममा हाइपरसोनिक मिसाइल प्रयोग गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images