सद्गुरूले बेलायतको लन्डनदेखि नयाँ दिल्लीसम्मको मोटरबाइक यात्रा सुरू गरेका छन् । लन्डनको पार्लियामेन्ट स्क्वायरबाट सोमबार उनी मोटरबाइकमा भारतका लागि हिँडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
१०० दिनको यात्रा तय गरेका उनी एम्स्टरड्याम, बर्लिन र प्राग पुग्नेछन् । बाइकमा ३० हजार किलोमिटर यात्रा गरेर भारतको ७५ औं स्वतन्त्रता दिवसमा नयाँ दिल्ली पुग्ने उनको लक्ष्य छ ।
उनी ‘माटो बचाऊ’ भन्ने अभियान अन्तर्गत भारत जाँदै गरेका हुन् ।
केही समय अघि मात्रै सद्गुरूसहितको टोली मानसरोवर कैलाश दर्शन गर्न हुम्ला पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















