images
images
  • वडाअध्यक्षको कृषि मोह, भन्छन्- आत्मनिर्भर बन्न आफैबाट सुरू गर्नुपर्छ

    दैलेख- भगवतीमाई गाउँपालिका(७ का वडा अध्यक्ष रत्नबहादुर शाही दिनभर वडा कार्यालयमा भेटिए पनि बिहान साँझ बारीमै भेटिन्छन् । वडाबासीको सेवापछि माटोसँग खेल्न उनलाई बानी परिसकेको छ । उनले घर नजिकैको बारीमा मौसमअनुसारको तरकारी खेती, फलफुल लगाएका छन् । उनी अरूलाई आत्मनिर्भर बन्न सल्लाह दिनुभन्दा आफैले काम गरेर देखाउने गरेको बताउँछन् ।

    ५८ वर्षीय शाही बारीमा पुगेपछि ३० वर्षीय जोस आउने सुनाउँछन् । २०४९ सालबाट राजनीतिमा सक्रिय उनले त्यतिबेलै गाविस अध्यक्षको चुनाव लडेका थिए । तर, त्यसबेला असफल भए । पुनस् २०६४ सालमा उपाध्यक्षमा लडे । कृषि कर्मसँगै राजनीति नछोडेका शाहीले २०७४ सालमा राष्टिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट वडा अध्यक्ष जिते । वडा अध्यक्ष जितेर जनतामाँझ काम गर्दैगर्दा उनले धेरै कुरा सिकेको बताए ।

    शाहीले चार रोपनी जग्गामा सुन्तला र तीन रोपनी जग्गामा डेढ सय बोट अलैँची लगाएका छन् । यसबाट उनले मनग्य आम्दानी लिइ रहेका छन् । उनकै सिको गर्दै अहिले गाउँमा धेरै किसानले व्यवसायिक तरकारी खेति गरेका छन् ।

    भगवतीमाई गाउँपालिका-७ का वडाअध्यक्ष शाही कृषिमा मात्र नभएर विकास निर्माणमा पनि अन्य वडाको तुलनामा अब्बल देखिन्छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटोको उचित व्यवस्था गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images