images
images
  • रुस र टर्कीका राष्ट्रपतिबीच संवाद, रिसेप तैयपले पुटिनलाई दिए धन्यवाद

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीचमा फोनवार्ता भएको छ। बिहीबार भएको सो वार्ताका क्रममा रुस र युक्रेनको द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ।

    दुई देशबीचको व्यापार, लगानी तथा अन्य द्विपक्षीय व्यापारिक सम्झौता र सहमतिका बारेमा कुराकानी भएको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन्।क्रेमलिनले दिएको जानकारीअनुसार उनीहरुबीचकाे फोनवार्तामा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा हालै भएका भ्रमण तथा व्यापारिक वार्ताका विषयमा पनि कुराकानी भएकाे समाचारमा जनाइएको छ।

    साथै उनीहरुबीचमा रुसले युक्रेनमाथि गरिरहेको आक्रमणका बारेमा कुराकानी भएको क्रेमलिनले जानकारी दिएको छ। त्यस क्रममा टर्कीका राष्ट्रपतिले युक्रेनबाट रुसले आफ्ना नागरिकको उद्धार गरी स्वदेश फर्काउन सहयोग गरेकाेमा रुसी राष्ट्रपतिलाई धन्यवाद दिएका थिए।

    रुसले युक्रेनमा सैन्य आक्रमण जारी राखेको छ। रुसले युक्रेनमा गरिरहेको हमला तेस्रो हप्ताभन्दा पनि बढी भएको छ। यी दुई देशबीचमा शान्ति वार्ताको पहल भएको भनिए पनि निकास भने निस्किएको छैन।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images