images
images
  • जापानमा ७.३ म्याग्नेच्युटको भूकम्प: दुई जनाको मृत्यु, २० लाख मानिस अन्धकारमा

    जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु भएको छ। भूकम्पमा दर्जनौँ मानिस घाइते भएका छन्। पूर्वी जापानमा ७ दशमलब ३ म्याग्निच्युडको भूकम्प गएको थियो।

    भूकम्पले पुर्‍याएको जनधनको क्षतिको पूर्ण विवरण आइनसकेको प्राप्त समाचारमा जनाइएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ।

    भूकम्पपछि बुधबार रातभर र बिहीबार बिहान पनि निरन्तर परकम्पनहरु आइरहेका छन्। भूकम्पको असर राजधानी टोकियोमा पनि देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ। भूकम्प प्रभावित क्षेत्रमा विद्युतीय सेवा अवरुद्ध छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images