images
images
  • नाइजेरियामा बन्दूकधारीको आक्रमणबाट १० जनाको मृत्यु

    लागोस । बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा थप १० जनाको मृत्यु भएको छ । बन्दुकधारीहरूले प्रहरी कार्यालय र देशको मध्य प्रदेशमा रहेको स्थानीय सरकारको कार्यालयमा आक्रमण गरेका थिए ।

    नाइजरका प्रहरी प्रमुख बाला कुर्यासले तीन प्रहरी अधिकृतहरू पनि मारिएको पुष्टि गरे । घटनामा परी स्थानीय प्रतिकार समूहका सदस्यहरू पनि मारिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

    सरकारी अधिकारीहरूले घटनास्थलको यथार्थ विवरण आइनसकेको र विवरण सङ्कलन गर्ने कार्य भइरहेको जनाएका छन् ।

    नाइजेरियामा बन्दुकधारी, स्थानीय प्रतिकार समूह र सरकारी सुरक्षाकर्मीबीचमा बेला बेलामा हिंसात्मक घटना हुने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images