images
images
  • बाराक ओबामालाई कोरोना संक्रमण

    अमेरिकाका पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

    उनले आफूलाई केही दिनदेखि घाँटीमा हल्का अप्ठेरो भएको भएपनि अन्य अवस्था भने सामान्य रहेको उल्लेख गरेका छन् । ओबामाकी पत्नी मिसेलको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।

    ओबामा दम्पतीले कोरोनाविरुद्धको बुस्टर डोज पनि लगाइसकेका छन् । ओमिक्रोन भेरियन्टको संक्रमण कम हुँदै गएपछि अहिले अमेरिकामा अहिले दैनिक ५ हजारको हाराहारीमा संक्रमित भेटिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images