images
images
  • रुस र बेलारुसका राष्ट्रपति बीच शुक्रबार भेटवार्ता हुने

    रुस र बेलारुसका राष्ट्रपतिबीच शुक्रबार भेटवार्ता हुने भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबीच रुसको राजधानी मस्कोमै भेटवार्ता हुने भएको हो ।

    रुसी राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभले रुस र युक्रेनका बीचमा अहिले भइरहेको युद्ध रोक्ने विषयमा नै उनीहरूको भेटवार्ता केन्द्रित हुने जानकारी दिए ।

    विभिन्न सञ्चार माध्यमहरूले यसअघि नै उनीहरूका बीचमा भेटवार्ता हुन लागेको समाचार सम्प्रेषण गरेका थिए ।

    “हो बेलारुसका राष्ट्रपति भोलि मस्को आँउदै हुनुहुन्छ, उहाँले हाम्रा राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ,” प्रवक्ता पेस्कोभले बिहीबार पत्रकारहरूसँग भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images