images
images
  • युक्रेन-रुस युद्ध : अस्पतालमा भएको बम हमलाको सर्वत्र निन्दा

    युक्रेनको दक्षिणी सहर मारिओपोल शहरमा भएको रुसी हवाई हमलामा एउटा प्रसूति वार्ड र बाल वार्ड ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो हमलालाई ‘युद्ध अपराध’ भनेका छन् । रुसी फौजको हमलाबाट सर्वसाधारणलाई जोगाउन मानव निकासका लागि विभिन्न ६ ओटा स्थानमा निकासमार्ग खोज्ने प्रयास भइरहेको जेलेन्स्कीले बताएका छन् ।

    हमलापछि अस्पताल पूर्णरुपमा ध्वस्त भएको जनाइएको छ । ‘विनाश ठूलो छ,’ मारिओपोल सहर परिषदले भनेको छ । राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले अस्पतालमा भएको बम आक्रमणको निन्दा गर्दै त्यसलाई ‘भयानक’ बताएका छन् ।

    सुमी सहरमा अस्थायी युद्धविराम घोषणा गरेको रुसी फौजले मारिओपोलमा निशाना बनाएको थियो । यसैबीच, शान्ति वार्ताका लागि युक्रेन र रुसी विदेशमन्त्री टर्की पुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images