images
images
  • भारतको पञ्जावमा आम आदमी पार्टीको शानदार जित

    काठमाडौँ । भारतको पञ्जाब राज्यमा आम आदमी पार्टी (आप) ले बहुमतसहित चुनाव जितेको छ । ११७ सदस्यीय पञ्जाव विधान सभामा आपले अहिलेसम्म ८८ सिटमा जित हासिल गरेको छ भने ४ सिटमा अझै अगाडी रहेको छ । हाल सत्तामा रहेको काँग्रेसले भने अघिल्लो चुनावमा भाड्न अहिले करिब ६० सिट कम जितेको छ ।

    पार्टीले चुनावमा ठुलो जित हासिल गरेपछि मुख्यमन्त्रीका उम्मेदवार भगवन्त मानले पञ्जावले आफ्नो जिम्मेवारी पुरा गरेको र अब आफ्नो पालो भएको बताएका छन् ।

    उनले अब जनतालाई सरकारी कार्यालय जानु नपर्ने सरकारी अधिकारीहरू जनताको घर घरमा आउने बताएका छन् ।

    पाँच राज्यमा भएको विधान सभामा निर्वाचनमा उत्तर प्रदेश सहित ४ राज्यमा भारतीय जनता पार्टीले चुनाव जितेको छ भने पञ्जावमा आपले कब्जा गरेको छ ।

    यो जितपछि दिल्लीपछि दोस्रो राज्यमा सरकार बनाउने अहिलेको भारतीय क्षत्रीय पार्टी बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images