images
images
  • युक्रेनका ६ शहरमा १२ घण्टाको युद्धविराम गर्न सहमति

    काठमाडौँ । युक्रेनका उपप्रधानमन्त्रीले रुसले युद्धबाट सबैभन्दा बढी प्रभावित ६ क्षेत्रमा १२ घण्टाको युद्धविराम लागू गर्न सहमत भएको बताएकी छन् ।

    उपप्रधानमन्त्री इरिना भेरेश्चुकले युद्धविरामका क्रममा नागरिकहरूले यी क्षेत्रहरू छोड्न सक्ने बताएकी हुन् ।

    युक्रेनी उपप्रधानमन्त्रीले रुस यी ६ सहरमा बिहान ९ बजेदेखि राति ९ बजेसम्म युद्धविराम लागू गर्न सहमत भएको बताइन । रसियाले यी शहरहरूमा भारी बमबारी गरेको छ ।

    युक्रेनी प्रधानमन्त्रीको विवरण अनुसार मारिउपोल, इझीउम, भोलनोभाख, भोरजेल, बुचा, इर्पिन र होस्टमेल शहरमा युद्धविराम भएय्को छ । रुसको राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख मिखाइल मिजिन्त्सेभले युद्धविरामको क्रममा रुसी सेनाले ‘मौन शासन’ पालना गर्ने बताएका छन् ।

    यसअघि रुस र युक्रेनबीच सम्झौताका दुई पटक प्रयास असफल भएका थिए ।

    मंगलबार मात्र युक्रेनको सुमीबाट करिब सात हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images