images
images
  • विताली गेरासिमोव: एक हप्तामा अर्को ठूलो रुसी सैन्य अफिसरलाई मारेको युक्रेनले गर्यो दाबी, चेचेन क्रिमीया र सीरियाको लडाई लडीसकेका थिए

    युक्रेनले रुसको सेनासँग जोडिएको अर्को मेजर जनरललाई मारेको दाबी गरेको छ । युक्रेनको रक्षा मन्त्रालयले दाबी गरेको छ कि लडाईमा मेजर जनरल विताली गेरासिमोवको मृत्यु भएको छ । तर रुसको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन ।
    एक हप्तामा यो दोश्रो मेजर जनरल हुन् जसको मृत्युको दाबी युक्रेनले गरेको छ । यसभन्दा पहिले ३ मार्चमा युक्रेनले रुसको मेजर जनरल एंड्री सुखोवेत्सस्कीको मृत्युको दाबी गरेको थियो ।

    को हुन् विताली गेरासिमोव ?
    -विताली गेरासिमोवको जन्म ९ जुलाई १९७७ को रुसको कजान शहरमा भएको थियो । उनले सन् १९९९ मा कजान हायर टैंक कमाण्ड स्कुलबाट ग्रेजुयसन गरेका थिए ।
    -मेजर जनरल विताली गेरासिमोव रुसको ४१ औ आर्मी चीफ अफ स्टाफ थिए । गेरासिमोव ४१ औ आर्मीको पहिलो डिप्टी कमाण्डर रहीसकेका थिए ।
    -विताली गेरासिमोवको पोस्टिंग नार्थ काकस, इस्ट, साउथ र सेन्ट्रल मिलिट्री डिस्ट्रीक्टमा रहेको थियो । उनी प्लाटुन कमाण्डरबाट ४१ औ आर्मी चीफ अफ स्टाफ सम्म पुगेका थिए ।

    चेचन्या वार, क्रिमियाको लडाइमा खेलेका थिए अहम भूमिका
    -रुसले सन् १९९९ देखि २००९ को बीच चेचन्याको साथ दोश्रो युद्ध लडेको थियो । १० साल सम्म चलेको यो लडाईमा आखिरमा रुसको जीत भएको थियो । यस युद्धमा मेजर जनरल विताली गेरासिमोवको अहम भूमिका रहेको थियो ।
    -चेचेन्याको अलावा सीरियामा रुसी सेनाको अपरेशनमा पनि गेरासिमोवले अहम भूमिका निभाएका थिए । मार्च २०१४मा क्रिमियाको रुसमा मिलाउने समयमा पनि यिनको रोल थियो ।
    -युक्रेनको मिडियाको दाबी छ कि सन् २०१४ मा क्रिमियामा कब्जालाई लिएर मेजर जनरल विताली गेरासिमोवलाई रुसको सरकारले मेडल दिएर सम्मानित गरेको थियो ।

    अहिलेसम्म ११,००० भन्दा बढी सैनिक मारेको दाबी
    रुस र युक्रेनको बीच फरवरी २४ देखि लडाई चलिरहेको । यस दौरान दुवै देशको तर्फबाट कैयौं दाबीहरु गरिएको छ । त्यसैगरी युक्रेनको मेजर जनरल स्टाफले दाबी गरेका छन् कि यस लडाईमा अहिलेसम्म रुसको ११ हजार भन्दा बढी सैनिक मारिएका छन् । यसको साथ रुसी सेनाको २९० टैंक, ९९९ बख्तरबन्द गाडीहरु, ४६ लडाकु विमान र ६८ हेलिकप्टर पनि नष्ट गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images