images
images
  • जेलेन्स्कीपछि मोदीले गरे पुटिनसँग टेलिफोन वार्ता

    काठमाडौँ । युक्रेनमा रुसले गरेको आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दोस्रो पटक वार्ता गरेका छन् । सोमबार दुवैबीच फोनमा ५० मिनेट कुराकानी भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    मोदीले आजै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कुरा गरेपछि पुटिनसँग कुरा गरेका हुन् । समाचार एजेन्सी एएनआईले भारतीय सरकारी स्रोतलाई उद्धृत गर्दै प्रधानमन्त्री मोदी र पुटिनबीच युक्रेनको वर्तमान अवस्थाबारे छलफल भएको बताएको छ ।

    बिबिसीले पुटिनसँगको कुराकानीमा मोदीले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग सिधा वार्ता गर्न सल्लाह दिएको उल्लेख गरेको छ । यसअघि आजै मोदीले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फोनमा कुरा गरेका थिए ।

    कुराकानीका क्रममा प्रधानमन्त्री मोदी राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सुमीमा फसेका भारतीय विद्यार्थीलाई बाहिर निकाल्न सहयोग मागेका छन् । कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले रुस र युक्रेनबीच जारी वार्ताको पनि प्रशंसा गरेका थिए ।

    मोदीले युक्रेनका राष्ट्रपतिलाई युद्धको मैदानबाट सुरक्षित रूपमा भारतीयहरूलाई बाहिर निकाल्न सहयोग गरेकोमा धन्यवाद पनि दिए ।

    भारतले अहिलेसम्म युक्रेनमा अध्ययन गर्न गएका करिब १६ हजार विद्यार्थीको उद्धार गरिसकेको छ भने युक्रेनको सूमीमा अहिले पनि करिब ७०० विद्यार्थी रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images