images
images
  • साउदीले कोरोना सम्बन्धी सबै प्रतिबन्धहरु हटायो, अब क्वारेन्टाइनमा बस्नु नपर्ने, पीसीआर रिपोर्ट पनि नचाहिने

    रियाद– साउदी अरेबियाले कोरोना सम्बन्धी लगाइएका सबै प्रकारका प्रतिबन्धहरु हटाएको छ । साउदीले शनिबारदेखि कोरोना भाइरस महामारीसँग लड्न लगाएका प्रतिबन्धहरु हटाएको हो ।

    आन्तरिक मन्त्रालयको एक आधिकारिक स्रोतका अनुसार साउदीमा सामाजिक दूरी कायम गर्न र बाहिर मास्क लगाउने जस्ता उपायहरू अब अनिवार्य छैन।

    मन्त्रालयले साउदी प्रेस एजेन्सीलाई उद्धृत गर्दै जनाए अनुसार राज्यका मस्जिदहरूमा सामाजिक दूरी कायम गर्नुपर्ने छैन तर उपासकहरूले भने अझै पनि मास्क लगाउनु पर्नेछ।

    साउदी अरेबियाले अब राज्यमा आइपुगेपछि यात्रुहरूलाई अनिवार्य कोभिड क्वारेन्टाइनबाट गुज्रनु पर्ने अवस्थाको पनि अन्त्य गरेको छ । यात्रुहरूले अब उनीहरूको आगमनमा पीसीआर परीक्षण समेत उपलब्ध गराउनुपर्ने छैन ।

    कुनै पनि प्रकारको भिजिट भिसामा राज्यमा आउने सबैले कोरोना भाइरस संक्रमणविरुद्धको लगाएको बृस्टर खोप कार्ड देखाउनुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images